मध्यपुर थिमी-१ मा कांग्रेसका बाबुकाजी डंगोल विजयी

भक्तपुर : नेपाली काँग्रेसले मध्यपुर थिमिमा खाता खोलेको छ। नगरपालिका वडा नं. १ मा काँग्रेसका बाबुकाजी डंगोल विजयी हुनु भएको हो । उहाँले १ हजार ७ सय ६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत पाउनु भएको छ । कांग्रेसबाट महिला सदस्यमा सरस्वती खडका, […]

सूर्यविनायकमा १ हजार ८ सय गन्दा कसको कति मत ?

भक्तपुर : सूर्यविनायक नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुगेलले अग्रता लिनु भएको छ ।  मेयरमा ढुंगेलले ७२९ प्राप्त गर्दै अग्रता लिनु भएको हो । एमालेको तर्फबाट बासुदेव थापाले ६०८ र राप्रपाका राधिका रानाभाटले २५१ मत प्राप्त गर्नु भएको छ भने उपमेयरमा एमालेको उम्मेदवार सरिता भट्टराईले ७१२ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ […]

सूर्यविनायक नगरपालिका-१ मा एमालेलाई पछ्याउँदै राप्रपा

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नंं. १ सिरुटारको वडाध्यक्षमा एमालेले अग्रता कायम गरेको छ । एमालेसँग राप्रपाले प्रतिस्पर्धा गरिरहेको छ । हालसम्म १ हजार ८ सय मत गन्दा एमालेका उम्मेदवारले वडाध्यक्षमा ५५४ मत ल्याएर अग्रता कायम गरेका छन भने राप्रपाका उम्मेदवारले ५०४ मत ल्याएका छन् । उता तेस्रोमा कांग्रेसले ३९० र चौथोमा एकीकृत समाजवादीले १७९ […]

कालिन्चोक गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका पदम थामी विजयी

दोलखा । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा एमालेका पदम थामी विजयी हुनु भएको छ । थामीले ३८७ प्राप्त गर्दै विजयी हुनु भएको हो । यो वडामा १ हजार १२७ मत खसेको थियो । कसको कति मत ?  

काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महागरपालिकामा अहिलेसम्म बालेन साहले अग्रता कायम राख्नु भएको छ । अहिलेसम्म ९०४ मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार साहले अग्रता कायमै राख्नु भएको हो । पछिल्लो अपडेटअनुसार बालेनको मत ३५३ पुगेको छ । एमालेका केशव स्थापितले २८१, काँग्रेसको सिर्जना श्रेष्ठले २३७ मत पाउनु भएको छ । राप्रपाका मदनदास श्रेष्ठले १६ मत पाउनु भएको छ […]

देशभर ११ पालिकाको मत परिणाम सार्वजनिक: एमाले ५, कांग्रेस ३ र अन्य ३ मा विजयी

काठमाडौं:  स्थानीय तह निर्वाचनमा हालसम्म देशभर ११ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । । मतपरिणमअनुसार एमालेले ५ पालिका जितेको छ । उता दोस्रोमा नेपाली कांग्रेसले ३ पालिका, नेकपा समाजवादीले २ र माओवादीले १ पालिकामा जीतेको छ । कुन पालिकामा कसको जीत ? नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा […]

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस पराजित भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी ६७३ मत प्राप्त गर्दै विजयी हुनु भयो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ […]