दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुन शिवाकोटीले अग्रता लिनु भएको छ । कुल १ हजार १२७ मत खसेकोमा वडा नं १ मा ७६८ मत गन्दा अध्यक्षमा गठबन्धनले अग्रता लिएको हो । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट काँग्रेसका अध्यक्षका उम्मेदवार अर्जुन शिवाकोटीले ३१३ मत प्राप्त गर्नु भएको छ भने एमालेका […]
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले दोब्बर मतका साथ अग्रता लिएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बाशुदेव थापाले दोब्बर मतका साथ अग्रता लिनुभएको हो । ४५० मत गन्दा थापाले २१८ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उप प्रमुखकी एमाले उमेदवार सरिता भट्टराईले पनि २१८ मत नै प्राप्त गर्नु […]
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा देशका विभिन्न पालिकाहरुमा मतगणना सुरु भएको छ । मनाङका दुई पालिकाका अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । चामे गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मत ल्याउँदा नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभयो । यसअघि घले २०७४ सालको […]
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलत ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेको जनाएको हो । पत्रकार […]
काठमाडौँ । आज देशभरका २६ मतदानस्थलका ४१ मतदान केन्द्रमा मतदान हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशभरका २६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन नसकेको हो। विवाद भएका सबै मतदानस्थलमा शुक्रबार मतदान स्थगित भएको छ। अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय […]
काठमाडौँ । मुलुकभर आज भइरहेको स्थानीय तह निर्वाचनमा मध्याह्नसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । आयोगका अनुसार १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको छ । अधिकांश स्थानमा शान्तिपूर्ण मतदान नै भइरहेको तर केही स्थानमा छिटफुट घटनाहरुका कारण मतदान प्रभावित […]
काठमाडौँ । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौँ उपत्यकाका सडकहरु सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म […]