काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले हजार डलर खाता खोलौं, मातृभूमि प्रतिको कर्तब्य निभाऔं भन्ने अभियान सुरु गरेको छ। एक विज्ञप्ति जारी गदै अभियानमा नेपाल सरकारका सम्बन्धीत निकायको समेत सहयोग, समन्वय र अभिभावकत्व रहने बताइएको छ । अभियानलाई नेपालका ३ वटा मुख्य बैंकहरुसंग साझेदारीमा सहजीकरण गर्दै हजार डलर खाता खोलौं, […]
काठमाडौं: निर्वाचन आयोगले निर्वाचनमा असर पुग्ने खालका कुनै प्रचार सामाग्री पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालबाट पोष्ट नगर्न चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने बताउनुभयो […]
भक्तपुर : नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । सूर्यविनायकको शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज वडा नं. ४ स्थित दधिकोटमा गरिएको हो । दैनीक कार्यतालिका नै बनाएर एमालेले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको हो । घरदैलो कार्यक्रममा सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशी जंग थापा, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका […]
काठमाडौं : सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाने भएपछि नयाँ प्रहरी प्रमुख नियुक्त गरिएको […]
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तरगत शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । यसअघि वैशाख १२ […]
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीय तह निर्वाचनमा रौनक बढ्दै गएको छ । उम्मेदवारी दर्तासँगै विभिन्न दलका उम्मेदवार मत आफ्नो पक्षमा पार्ने योजनामा लागेसँगै चुनावी सरगर्मी बढेको हो । स्थानीय तह निर्वाचनमा मत आफ्नो पक्षमा पार्न नेकपा एमालेका उम्मेदवारहरु आन्तरिक छलफलमा जुटेका छन् । एमालले शुक्रबार उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । कागेश्वरी मनोहरामा एमालले […]
बन्दिपुर : बन्दिरपुरमा लोकप्रिय धुव्र लाल प्रधानले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । नेपाली कांग्रेसको तर्फबाट बन्दिपुर गाउँपालिका अध्यक्षमा प्रधानले उम्मेदवार दिनु भएको हो । बन्दिरपुरबासीले अत्यन्तै रुचाएका र सबैको प्रिय प्रधानले नगरबासी सबैको माग र चाहानाअनुसार अध्यक्षका उम्मेदवारी दिनु भएको हो । लामो सयमदेखि सामाजीक कार्यमा सक्रिय रहँदै आउनु भएको छ । […]