कागेश्वरी-मनोहरा नगरपालिकामा एमालेको तर्फबाट प्रमुखमा ढुंगाना र उपप्रमुखमा थापाको उम्मेदवारी

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा एमालेको तर्फबाट प्रमुखमा रामशरण ढुंगाना र उपप्रमुखमा शान्ता थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । कागेश्वरी मनोहरामा निकै लोकप्रिय ढुंगाना र थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दता गर्नु भएको हो । त्यस्तै, एमालेको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ को वडाध्यक्षमा मुकुन्द प्रसाद गजुरेल, वडा नं. २ को […]

कालिन्चोक गाउँपालीकामा सतारुढ गठबन्धनबाट प्रमुखमा अर्जुन शिवाकोटी र उपप्रमुखमा कुल बुढाथोकीको उम्मेदवारी

चरिकोट : सतारुढ गठबन्धनबाट दोलखा कालिन्चोक गाउँपालिका प्रमुखमा अर्जुन प्रसाद शिवाकोटी र उपप्रमुखमा कुल बहादुर बुढाथोकी (रोशन) को उम्मेदवारी परेको छ । गठबन्धनबाट कांग्रेस जिल्ला उपसभापति समेत रहनु भएका शिवाकोटीले प्रमुख र नेकपा माओवादी केन्द्रका जिल्ला नेता रहनु भएका बुढाथोकीले उपप्रमुखमा उम्मेदवारी दिनु भएको हो । बाजागाजासहित गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शिवाकोटी र बुढाथोकीले […]

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने

काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । […]

स्थानीय तह निर्वाचनका लागि १ लाख २३ हजार बढी उम्मेदवारको मनोनयन

काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने […]

स्थानीय तह निर्वाचन: देशभर १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी दर्ता

काठमाडौ : स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म १ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति ११ बजे सम्म देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।  आयोगका अनुसार दर्तामध्ये नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाको […]

सूर्यविनायकमा एमालेका तर्फबाट मेयरमा थापा र उपमेयरमा भट्टराईको उम्मेदवारी

भक्तपुर :  सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेको तर्फबाट बासुदेव थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी कार्यालय सूर्यविनायक चोकदेखि तामझामसहित पैदल हिडेर राष्ट्रिय प्राणी उद्यानस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराउनु भएको हो । पाँच वर्षे पहिलो कार्यकाल सफल रुपमा बिताउनु भएको थापालाई पार्टीले पुन: मेयरमा उम्मेदवार बनाएको थियो । त्यस्तै, एमालेको तर्फबाट उपमेयरमा […]

काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित र उपमेयरमा डंगोलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । स्थापित काठमाडौंका पूर्व मेयर समेत हुनुन्छ भने हाल बागमती प्रदेशसभा सदस्य रहेका उहाँ सो पदबाट राजीनामा दिएर अर्को […]