काठमाडौँ : नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माअोवादी केन्द्रले आफ्नो भागमा परेको एक महानगर र एक उपमहानगरका लागि उम्मेदवारी टुंगो लगाएको हो । माओवादीले भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै, ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्य उम्मेदवार बनाएको छ । यस्तै, माओवादीले जीतपुर सिमरा उपमहानगरको […]
काठमाडौं : राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उम्मेदवार बनाएको हो । त्यस्तै, काठमाडौंको उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लगाएको छ । राप्रपा प्रवक्ता मोहन […]
काठमाडौं : निर्वाचन आयोगले गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएकोप्रति आपत्ति जनाएको छ । आयोगले कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता […]
काठमाडौ : नेकपा (एकीकृत समाजवादी) ले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ । समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ । उता हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना […]
जुम्ला : जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ । तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर ज्यान गएको हो । आगलागीमा परि १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश […]
काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान सुरू गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भरेको छ । निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादका लागि पहिलो उडान शुक्रबार साँझ सवा सात […]
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये कसैको नाम प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा भए १० वैशाखभित्र हटाउन आग्रह गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए १० वैशाखभित्र हटाउन भनेको हो । त्यसका लागि व्यक्तिले नभई दलको तर्फबाट त्यस्तो नाम लेखी निर्वाचन आयोगमा पठाउनुपर्ने आयोगले […]