काठमाडौं : सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी भएको हो । ‘नेपाल सरकारको मिति २०७८/१२/२४ को निर्णय तथा अर्थ मन्त्रालयको मिति २०७८/१२//२५ को निवेदकको […]
दोहा : इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ । क्षमादान पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३ जना, चोरीजन्य […]
काठमाडौं । आजदेखि सरकारले देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७५३ वटा पालिकाबाट वैशाख आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार […]
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ । प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी […]
काठमाडौं –औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन। तालाबन्दी भएको एक महिनासम्म […]
काठमाडौँ –निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो। काठमाडौँ, पोखराको लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराटनगर महानगरपालिकाको मतपत्र छपाइ सुरु भएको छैन। जनसङ्ख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार […]
काठमाडौँ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण […]