बागमती प्रदेशमा सार्वजनिक बसको नयाँ भाडादर आजदेखि लागू

काठमाडौँ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले बजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

आज विक्रम संवत् २०७९ को पहिलो दिन, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौँ : आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले […]

युक्रेनसँगको शान्ति वार्ताको बाटो बन्द भएको पुटिनको टिप्पणी

काठमाडौं– युक्रेनमा आफ्ना सबै लक्ष्य पूरा गरिछाड्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाउनुभएको छ । राजधानी मस्कोबाट ५ हजार ५ सय किलोमिटर पूर्वमा रहेको भोस्तोच्नी कोस्मोड्रोम नामक अन्तरिक्ष केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा रुसले सबै उद्देश्य पूरा गरिछाड्ने अडान व्यक्त गर्नुभएको हो । आफ्ना सैनिक युक्रेनी राजधानी किभ आसपासका क्षेत्रबाट पछि हटेयता पहिलो पटक […]

भ्याकेट निवेदन बोकेर अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च अदालत पुग्यो

काठमाडौं –जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिता विरुद्ध परेको रिटमाथि भ्याकेट निवेदन बोकेर निर्वाचन आयोग सर्वोच्च अदालत पुगेको छ । मंगलबार निर्वाचन आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो । यसअघि निर्वाचन आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै […]

कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा, खोप अभियानमा सहभागि हुन सरकारको अपिल

काठमाडौँ । नेपालमा कोरोना विरुद्धको खोप खेर जाने सम्भावना बढेर गएको छ । वैशाख दोस्रो सातासम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ नसके खेर जाने अवस्थामा रहेको छ । किनभने वैशाख १७ सम्म मात्रै सो खोप लगाउन मिल्छ । अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१ जनालाई लगाउनै पर्छ । […]

सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता सिट बाँडफाँटको टुंगो लगाउने

काठमाडौं : सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको सात आधार तय गरेको छ । गठबन्धनले वैशाख पहिलो साता सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको हो । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु पनि बनाएको छ । गठबन्धनले २०७४ को स्थानीय तहको […]

अर्थतन्त्र सही दिशामा छ, श्रीलंका जस्तै हुन्छ भनेर अफवाह फैलाइयो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सही दिशातीर गइरहेको दावी गर्नु भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको र अर्थतन्त्र सही दिशाउन्मुख रहेको दावी गर्नु भएको हो । अर्थमन्त्री शर्माले देश श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति पनि जनाउनु भयो । उहाँले […]