सम्पर्क समिति कोरियाद्धारा कुँवर नेतृत्वको एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान

सिओल : नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विनोद कुँवरको नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । राजधानी सिओल शहरमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष कुँवरसहित प्रवक्ता प्रकाश धमला र सचिब जुनु गुरुङ लगायत नवनिर्वाचित कार्यसमितीलाई बधाई ज्ञापनसहित सम्मान गरेको हो । सो अवसरमा बोल्नु हुँदै अध्यक्ष कुँवरले आफू र आफ्नो नेतृत्वमा रहेको एनआरएनए […]

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा

काठमाडौँ –वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो । जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न […]

गौतमबुद्ध विमानस्थलको वैशाख १ गते परीक्षण उडान हुने

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ । साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र […]

सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न एक कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदलको नेतृत्व आयोगका सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना विज्ञ, नेपाल प्रहरीको साइबर ब्युरोको एक जना प्रतिनिधि र आयोगको सूचना प्रविधि शाखाका एक जना इन्जिनियर गरी कार्यदलमा सात जना […]

नेपाल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थान ओगट्न सफल

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ वरीयतामा नेपालले एसोसियट क्रिकेटको शीर्षस्थान ओगट्न सफल भएको छ । नेपाल एसोसियटको शीर्ष वरियतामा दोस्रो पटक अटाएको हो । नेपाल वरियतामा मात्र ११ टेष्ट राष्ट्र भन्दा पछि छ । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औं स्थान पाएको छ । आयरल्याण्ड […]

नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन, वैशाख ८ भित्र उम्मेदवारको टुंगो लगाइने

काठमाडौं : स्थानीय तहको निर्वाचन निजिकिंदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एस) ले पनि निर्वाचन सम्बन्धी तयारीलाई तीब्र बनाउँदै लगेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गर्दै निर्वाचन सम्बन्धी तयारी तीब्र बनाएको हो । आज (आइतबार) बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले मूल निर्वाचन कमिटी र सचिवालय गठन गरेको हो […]

नयाँ वर्षको अवसरमा ‘सांगीतिक साँझ’ कार्यक्रम आयोजना गर्दै एनआरएनए आयरल्याण्ड

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम यहि अप्रिल १२ तारिख मंगलवार साझ ५ बजे देखि ११:३० सम्म टिर्चस हल डब्लिनमा आयोजना गरिन लागिएको हो । एनआएनए आयरल्याण्डका अध्यक्ष विनोद कार्कीका अनुसार नेपाली नयाँ बर्ष २०७९ को पावन अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ […]