काठमाडौं : दोस्रो संस्करणको योनेक्स सनराईज प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको हो । संयोजक सुबाश श्रेष्ठले प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुने जानकारी दिए । […]
काठमाडौँ । युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले रकेट आक्रमण गरेको हो । स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु गएको हो । गभर्नर पाभ्लो […]
काठमाण्डौ: आज चैते दशैँ मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन […]
काठमाडौं : सरकारले मन्त्रिपरिषद् बैठकका २३ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्त एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्नु भएको हो । बैठकले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । सरकारले बर्सेनि ईपीएसमार्फत रोजगारीका लागि नेपाली […]
काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि हिजो शुक्रवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरिको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको ३४ दिनअघिदेखि आचारसंहिता लागू गरिएको बताउनु भयो । उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानून बमोजिम कारबाही गर्ने चेतावनी दिनु भयो । आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई […]
काठमाडौं : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । शुक्रबार गभर्नर अधिकारीलाई निलम्बनको पत्र थमाइएको छ भने डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ । अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको […]
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभयो । अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर […]