आज रातिबाट निर्वाचन आचारसंहिता लागू गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबार आजबाट लागू गर्न लागिएको निर्वाचन आयोगका एक आयुक्तले बताए । आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लागू गर्ने भएको हो । निर्वाचन आयोगले […]

चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै

चीन- चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवात पछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाईमा लकडाउन घोषणा गरिएको छ । सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गर्नुभएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर […]

नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ –नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताउनुभयो । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित […]

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ –भारतमा पेट्रोल र डिजेलको मूल्यमा ८० पैसाले वृद्धि भएको छ । पछिल्लो दुई हप्तामा भारतमा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ । सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ […]

थापाकाे नेतृत्वमा २७ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन, सदस्यमा आरजु पनि (सूचीसहित)

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सन्दर्भमा घोषणापत्र तयारी समितिमा २७ सदस्य थपिएका छन् । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २७ सदस्य थप्नु भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनु भएको हो । काँग्रेसको फागुन ३ गते बसेको केन्द्रीय कार्य […]

एनसिसी अध्यक्षलाई सम्बन्धित देशको पर्यटन दूतमा नियुक्त गर्न सरकारलाई सुझाव

काठमाडौं : गैर आवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद् (एनसिसी ) अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न सरकारलाई सुझाव दिएको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले संग भेटघाट गर्दै सबै एनसिसिका […]