काठमाण्डौ – स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम शुरु भएको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो । मतदाताको सङ्ख्या एक करोड […]
काठमाडौँ –केही दिनदेखि देखिएको पेट्रोलपम्पको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । […]
विराटनगर –नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहङ्कारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाउनुभयो । ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै […]
पोखरा- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनसँग चुनावी तालमेल हुन नसक्ने बताउनु भएको छ । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने भन्दै कोइरालाले चुनावी गठबन्धन नहुने बताउनु भएको हो । ‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ । गर्ने त भनिदियो तर कसरी ?’, […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताउनुभएको छ । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र […]
काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म बाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट […]
काठमाडौं : नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, […]