देउवा र मोदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेल सेवाको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेलकाे उद्घाटन गर्नुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको हो । रेल आइतबारबाट नियमित चल्ने भएको छ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा […]

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसीमा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो। विदेशमन्त्री जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय पुग्नुभएको छ। भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अपर्ण गर्ने कार्यक्रम रहेका […]

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

काठमाडौँ  – सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका आठ वटा निर्णय सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  बैठकले अरुण ३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–तिदिम खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै विश्व बैंक र […]

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री देउवाको साथमा चार जना मन्त्री पनि हुनुहुन्छ । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो । प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृह मन्त्री बालकृष्ण खाणलगायत पनि विमानस्थल पुग्नुभयो । प्रधानमन्त्री देउवासँग आज […]

कतार विश्वकपको खेल तालिका सार्वजनिक हुँदै

काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको हो । विश्वकपमा सहभागि हुने ३२ मध्ये २९ टोलीको टुंगो लागिसकेको छ भने तीन […]

थेग्नै नसक्ने गरी पद बाँडफाँड भएकोमा एनआरएनए अमेरिकाका च्याप्टरहरुको आपत्ति

न्यूयोर्क – गैर आवासीय नेपाली सङ्घको १० औ महाधिवेशन तथा निर्वाचनका सम्बन्धमा एनआरएनए अमेरिकाका च्याप्टरहरूले ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै च्याप्टरहरूले एनआरएनए आइसीसीको १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरू प्रति ध्यानाकर्षण भएको जनाएका हुन । ‘विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न […]

कांग्रेस वरिष्ठ नेता पौडेलसँग एनआरएनए नवनिर्वाचित पदाधिकारीको भेटवार्ता

काठमाडौं – गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको छ । पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुग्नु भएको हो । सो अवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामहरुका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका गराउनु भएको थियो। पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता […]