नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबीच ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठकपछि दुई देशका अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा सम्बन्धित अधिकारीले आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर […]

सबै काम छोडेर एनआरएनएमा नलाग्नुस : महतो

काठमाडौ –  एनआरएनएका सस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गैर आवासीय नेपाली संघमा सबै काम छाडेर नलाग्न आग्रह गर्नु भएको छ । एनआरएनएको १० औ महाधिवेशन तथा विश्व सम्मेलनमा सम्बोधन गर्नुहुँदै महतोले फूर्सदको बेलामा लाग्न र सबै काम छोडेर नलाग्न आग्रह गर्नु भएको हो । ‘म तपाईहरु सबैलाई एकदमै अनुरोध गर्छु, मलाई चाँहि पापको दोषी नबनाईदिनुहोला […]

विधान संशोधन गरेर पूर्व अध्यक्षहरूको भूमिकालाई सीमित र नियन्त्रित गर्न आवश्यक छ : लामिछाने

जीवा लामिछाने संसारभरि छरिएर रहेका असंख्य साथीहरूको संघर्ष, परिश्रम र योगदानले स्थापित गैरआवासीय नेपाली संघले विभिन्न चुनौतीलाई पार गर्दै करिव दुई दशकको यात्रा तय गरेको छ । एक संस्थापक सदस्यका नाताले म झन्डै बीस वर्ष अगाडिका ती दिनहरु सम्झेर अझै भावुक र रोमाञ्चित हुन्छु । जब हामी सन् २००३ मा पहिलो विश्व सम्मेलन गर्दै थियौं, […]

गफ होइन हामी काम गरेर देखाउँछौँ : मन्त्री झाँक्री

काठमाडौँ- नेपाल सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकासमा काम भन्दा बढी प्रचार गरिने प्रवृत्तिको अन्त्य गर्दै आफ्नो पार्टीले काम नै गरेर देखाउने बताउनुभएको छ। शनिबार गृह जिल्ला गुल्मीको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टी सचिव समेत रहेकी झाँक्रीले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, गुल्मीको हकमा पनि विकासभन्दा गफ […]

एमालेले दुई र तीन सिट मात्र जित्छ: झलनाथ खनाल

काठमाडौँ ।नेकपा( एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई र तीन सिट जित्ने दाबी गर्नुभएको छ । दुई तिहाइ सिट नजित्ने उहाँले ठोकुवा गर्नुभयो । काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले भन्नुभयो, ‘दुई तिहाइको ठीक उल्टो दुई र तीन सिट जित्न सक्छ […]

स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनुभएको छ । शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरीय ढङ्गबाट सम्पन्न भएको पनि बताउनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी […]

एनआरएनए निर्वाचन रोक्न माग गरिएको रिटमा उच्च अदालतद्धारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं  : गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणी सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले यही २४ र २५ को निर्वाचन रोक्न माग गर्दै दिनु भएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको […]