चिनियांँ परराष्ट्रमन्त्री वाङ शुक्रबार नेपाल आउँदै

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वाङ चैत ११ देखि १३ सम्म काठमाडौं आउन लागेको सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच गत कात्तिक २ मा फोन वार्ता हुँदा खड्काले वाङलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा, हिस्सा एवं वित्तिय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता कार्कीले […]

कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको टिप्पणी गर्नुभएको छ । सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताउनुभएको हो । उहाँले आयोगले पछिल्ला निर्णयहरु गर्दा […]

२५ दिनको लडाइँमा १५ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

काठमाडौं – युक्रेनले २५ दिनको लडाइँमा करिब १५ हजार रुसी सेना मारिएको दावी गरेको छ । युक्रेनी सैन्य अधिकारीहरूले रुसले आफ्नो आक्रमण सुरु गरेदेखि १४ हजार ७०० रुसी सेना मारिएको दावी गरेको हो । द्वन्द्वमा लगभग ४७६ ट्याङ्कहरू,दुई सय भन्दा बढी लडाकु विमानहरू, हेलिकप्टर र ड्रोनहरू तथा लगभग १ हजार ४८७ बख्तरबंद कर्मचारी वाहकहरू सहित […]

एनआरएनए निर्वाचन: ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइयो, अब ३ हजार ९८ मात्र कायम

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४-२५ मार्चमा हुन गइरहेको निर्वाचनमा ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै सेल्फी र गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध नगराउने ४९१ जनालाई मतदाता सूचीबाट हटाइएको हो । यसअघि निर्वाचन कमिटिले ३ हजार ५८९ जनाको नामावली प्रकाशन गर्दै निश्चित समय […]

युक्रेनमा चौबीसौं दिनसम्म पनि रुसको निरन्तर आक्रमण, ब्यारेकमा हमला हुदाँ सय बढी हताहत

काठमाडौँ –युक्रेनमा चौबीसौं दिनसम्म पनि रुसले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो पटक दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा ६ ओटा […]

बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश, दोस्रोमा युएई, तेस्रोमा साउदी र चौथोमा कुवेत

बहराईन – बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश बन्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ का अनुसार बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश बन्न सफल भएको हो । बहराईन विश्वको १४६ देशमध्ये २१ औँ स्थानमा छ । गत वर्षको तुलनामा १४ स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष बहराईन ३५ औँ स्थानमा थियो । […]