एयरपोर्टबाट फर्काइएका ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति

काठमाडौं –  त्रिभुवन विमानस्थलबाट फर्काइएका करिब ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति भएको छ । अध्यगामन कार्यालयबाट मंगलबार र बुधबार फर्काइएकालाई वाणिज्यदूतावास न्यूजिल्यान्डको पहलमा जान दिने सहमति भएको हो । नेपालबाट आफ्नो परिवारलाई भेट्न न्यूजिल्यान्ड जान लागेका करिब ४० जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट फर्काइएको थियो । https://bishwosandesh.com/archives/44772 न्युजिल्यान्डका लागि नेपाली महावाणिज्यदुत आत्मा राम खनालले […]

जापानले अप्रिलदेखि दैनिक १० हजार विदेशीलाई प्रवेश गर्न अनुमति दिने

टोकियो – जापानले अप्रिलदेखि दैनिक १० हजार जनालाई देश प्रवेश गर्न दिने भएको छ । जापानले कोभिड सीमा नियन्त्रणहरूलाई थप सहज पार्दै अप्रिलदेखि हालको ७ हजारबाट विदेशी आगमनमा दैनिक १० हजार पुर्‍याउने भएको हो । प्रधानमन्त्री फुमियो किशिदाले स्वदेश तथा विदेशमा संक्रमणको अवस्था र अन्य राष्ट्रले लागू गरेको सीमा नियन्त्रणका कदमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा […]

न्यूजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय

न्यूजिल्यान्डले कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले पर्यटनका लागि सीमा नाका खुल्ला गर्ने घोषणा गरेकी हुन् । “हाम्रो सिमाना बन्द गर्नु हामीले दुई वर्ष पहिले कोभिडलाई रोक्नको लागि गरेका पहिलो कार्यहरू मध्ये एक थियो। यसले हामीलाई चाहिएको काम गर्‍यो। तर अब हामी अत्यधिक […]

साउदी युवराज र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सहयोगका विषयमा छलफल

रियाद – साउदी युवराज मोहम्मद बिन सलमानले बुधबार रियादमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेट गरेका छन् । साउदी प्रेस एजेन्सीका अनुसार सो अवसरमा साउदी अरेबिया र बेलायतले रणनीतिक साझेदारी परिषद् स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् । भेटवार्ताको क्रममा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । उनीहरूले युक्रेनको पछिल्लो घटनाक्रमलगायत साझा […]

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल लिटरको १५५ पुग्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो। यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने […]

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो – जापानको मियागी र फुकुशिमाको उत्तरपूर्वी प्रान्तहरूमा बुधबार राति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मौसम विज्ञान विभागका अनुसार जापानको समय राति ११ बजेर ३६ मिनेटमा भूकम्प गएको हो । मौसम विभागले १ मिटर सुनामी आउन सक्ने चेतावनी दिँदैं स्थानीय बासिन्दाहरूलाई समुद्री तटबाट टाढा रहन र उच्च जमिनमा जान आग्रह गरेको छ । […]

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन युएई आइपुगे

तस्विर : बोरिस जोन्सनको ट्वीटर अबुधाबी – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन युएई आइपुगेका छन् । बेलायतका प्रधानमन्त्री जोन्सन यस क्षेत्रको भ्रमणको क्रममा बुधबार युएई आइपुगेका हुन् । जोनसनलाई युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार डा अनवर गर्गास र केही अधिकारीहरूले अबुधाबीमा स्वागत गरेका थिए।