काठमाडौँ – काठमाडौँ उपत्यकामा रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार यसबारे जानकारी दिनुभएको हो । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक […]
युएई – भिजिट भिसामा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत भएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भएको भेटवार्ताको क्रममा भिजिट भिसामा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत भएका […]
दोहा – गृह मन्त्रालयको अपराध अनुसन्धान विभागले नक्कली कम्पनी प्रयोग गरी भिसा कारोबारमा संलग्न एसियाली नागरिकलाई पक्राउ गरेको छ । उनको साथबाट १३ वटा एटिएम कार्ड र ४ वटा व्यक्तिगत परिचयपत्रका साथै एउटा ल्यापटप कम्प्युटर बरामद भएको छ । अभियुक्तको अनुसन्धानका क्रममा उनले आफूमाथि लागेको कुरा स्वीकार गरेका छन भने सोही अनुसार बरामद सामग्रीसहित यस सम्बन्धमा […]
काठमाण्डौ – नेपाली श्रमिकलाई ५ वटा क्षेत्रमा भर्ना प्रकृया निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन यूएई सहमत भएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा मंगलबार सम्पन्न नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठकमा यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निशुल्क गर्ने गरी पाइलट […]
काठमाण्डौ – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा लगायत सरकारी अधिकारीसँग भेटवार्ता गर्नु भएको छ । नेपालको औपचारिक भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमारले मंंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा ६१ जनाको उम्मेदवारी परेको छ । ६० पदमध्ये ३३ पदमा भने निर्विरोध भएको छ । निर्वाचन समितिले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारी दिएका ६१ मध्ये एक जनाले उम्मेदवारी फीर्ता लिएको जनाएको छ । ६० पदमा ११ पद खाली भएको […]
काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नुभएको छ । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो । ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अोलीले भन्नुभयो, […]