काठमाण्डौ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र […]
आबुधावी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आइपुग्नु भएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार (हिजो) यूएईको राजधानी आबुधाबी आइ पुग्नु भएको हो । आबुधाबी आइपुग्नु भएको श्रेष्ठ आज नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समितिको बैठकमा सहभागि हुँदै हुनुहुन्छ । बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार […]
अबुधाबी – विगत केही दिनदेखि युएईको तापक्रम बढ्दै गएको छ । तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । आगामी केही दिनमा तापक्रममा उल्लेख्य गिरावट आउने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केही क्षेत्रहरूमा बिहीबार १० डिग्री सेल्सियससम्म गिरावट हुनेछ । मार्च ११ मा अलधफ्रा क्षेत्रको जबल अल धन्नामा ४२.१ डिग्री सेल्सियस सम्म तापक्रम […]
काठमाण्डौ – साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौंमा आइपुग्नु भएको छ । राजकुमार २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज साँझ आउनु भएको हो । राजकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र […]
दोहा – कतारले सरकारी मोबाइल एप “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थपेको छ । गृह मन्त्रालयले सेवालाई सरलीकरण गर्ने क्रममा ”मेट्रास”२ मा ६ नयाँ सेवा थपिएको जनाएको छ । ती सेवाहरुमा आवेदन, भिसा सेवाहरू र दर्ता सेवाका केही सेवाहरू समावेश गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यस्ता छन् “मेट्रास” २ मा […]
काठमाडौं – कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सात उडान गर्ने भएको हो । जजिराले आगामी २ जेठदेखि दैनिक एक उडान गर्ने गरि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो । जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गर्दै आइरहेको छ । त्यस्तै, जजिरासँगै हालसम्म विभिन्न […]
काठमाडौं– रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुने भएको छ। बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहान साढे दश बजे वार्ता हुन लागेको हो। रुसले रचनात्मक रूपमा कुरा गर्न थालेकाले ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा रहेको बीबीसीले युक्रेनी अधिकारीलाई उदृत गर्दै उल्लेख गरेको छ। यसैबीच सोमबार अमेरिका र चीनबीच पनि वार्ता हुने भएको छ। चीनले रुसलाई […]