प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा  पेस

काठमाण्डौ – प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले आज आइतवार बसेको बैठकमा महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो । १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।   सभामुख अग्नी प्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी वैठकमा छलफल गर्ने बताउनु भयो […]

कतारमा नियम उल्लङ्घन गर्ने ५१ रेष्टुरेन्ट, होटल र क्याफे बन्द गर्ने सरकारको निर्णय

दोहा – वाणिज्य तथा उद्योग मन्त्रालयले नियम उल्लङ्घन गर्ने देशका विभिन्न क्षेत्रका रेष्टुरेन्ट, होटल, खाद्यान्न तथा उपभोक्ता पसल र क्याफेलगायत ५१ पसल एक सातादेखि एक महिनासम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । मन्त्रालयले जथाभावी मूल्यवृद्धि गर्दै सरकारी नियम उल्लङ्घन गरेको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो । यी हुन नियम उल्लङ्घन गर्ने ५१ रेष्टुरेन्ट, होटल, […]

अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाण्डौ – अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । सरकारले विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो ।  मार्च २१ देखि पाकिस्तान, उज्वेकिस्तान, युक्रेन र म्यानमार बाहेकका देशबाट जाने पूर्ण खोप लगाएका यात्रुले […]

कतार, यूएई र सेसेसको भ्रमणमा जाँदै श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार, यूएई र सेसेसको भ्रमणमा जानु हुने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डल तीन देशको भ्रमणमा जाने भएको हो । सरकारका प्रवक्ता, सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलेलाई मन्त्री श्रेष्ठको संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने निर्णय गरिएको बताउनु भयो […]

साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं – साउदी अरबका परराष्ट्रमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । उनले आगामी फागुन ३० देखि चैत १ गतेसम्म भ्रमण गर्न लागेको हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो । नेपाल र […]

युक्रेन छाड्नेको संख्या २५ लाख पुग्यो

काठमाडौं – रुस-युक्रेन द्वन्द्वका कारण शरणार्थी संकट दिनानुदिन बढ्दै गएको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेन शरणार्थीको सङ्ख्या २५ लाख पुगेको बताउनु भएको छ । ती मध्ये, लगभग १ लाख १६ हजार तेस्रो देशका नागरिकहरू रहेको एएफपी समाचार एजेन्सीलाई उद्धृत गर्दै ग्रान्डीले भन्नु भयो । युक्रेनभित्र थप २० लाख मानिस विस्थापित […]

एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण ब्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा भाग लिन निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको हो । प्रधानमन्त्री देउवाले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन […]