रुस-युक्रेन द्धन्द्ध : १८ हजार मानिस जर्मनी आइपुगे

बर्लीन – रुसले आफ्नो अतिक्रमण सुरु गरेदेखि १८ हजार भन्दा बढी शरणार्थीहरू युक्रेनबाट भागेर जर्मनी आइपुगेका छन् । देशमा प्रवेश गरेका करिब ३ हजार भने गैर-युक्रेनी नागरिक रहेको जर्मन गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले युद्ध क्षेत्रबाट भागेका जो कोही जर्मनीमा प्रवेश गर्न सक्ने जनाएको छ । ‘चाहे तिनीहरू युक्रेनी शरणार्थीहरू हुन वा तेस्रो देशका […]

‘युट्युव र टिकटक’ जस्ता सामाजिक सञ्जालबाट भ्रम फैलाउनेलाई कारवाही गर्ने साइबर ब्यूरोको चेतावनी

काठमाडौं  –  साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न सबैमा आग्रह गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई प्रभावित पारेर पीडितको गोपनीयता ख्याल नगरिएको भन्दै गम्भीर बन्न आग्रह गरेको हो […]

रुसी सेनाले परमाणु ऊर्जा केन्द्र कब्जा गर्‍योः युक्रेन

तस्विर : बीबीसी एजेन्सी – रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्, एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ। उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त […]

कतारमा श्रम कानून उल्लङ्घन गर्ने दर्जनौ म्यानपावर कम्पनीको इजाजतपत्र रद्द

दोहा – कतारमा श्रम कानून उल्लङ्घन गरेको आरोपमा दर्जनौ कम्पनीहरुको इजाजतपत्र रद्द गरिएको छ । कतारका श्रम मन्त्री डा अलि बिन सामिख अल मारीले श्रम कानून उल्लङ्घन गर्ने दर्जनौ कम्पनीहरुको इजाजतपत्र रद्द गरिएको बताउनु भयो । श्रम मन्त्री अल मारीले अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) को प्रतिनिधिमण्डलसँग देशको श्रमिक अधिकार प्रयासहरू अभिवृद्धि गर्ने उपायहरू बारेमा […]

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा

वार्सा – रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिनुभयो । खडकाका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ […]

एनसीसीहरुको मान्यता रद्द गर्ने निर्णयप्रति अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे विरोध

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबारको बैठकले मार्च ६ तारिख सम्म शुल्क नबुझाएमा उनीहरुको मान्यता रद्द गर्ने निर्णय गरेको थियो। तर उक्त बैठकमा गणपूरक संख्या नपुगेको […]

युक्रेन र रुसबीच दोस्रो चरणको वार्ता जारी

तस्विर : रोयटर्स रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बैठक दक्षिणपश्चिमी बेलारुसको ब्रेस्टमा भइरहेको बताइएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले ट्वीट गर्दै बेलारुसमा रूसी प्रतिनिधिहरूसँग वार्ता सुरु भएको जानकारी गराए । उनले तत्काल युद्धविरामको घोषणा र ध्वस्त वा लगातार गोलाबारी भएका गाउँहरू/शहरहरूबाट नागरिकहरूलाई बाहिर निकाल्नुपर्ने एजेन्डालाई मुख्य मुद्दा बनाइएको […]