नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए। व्याख्यात्मक […]

अमेरिकी हवाई क्षेत्रमा रुसी विमानहरूमाथि प्रतिबन्ध लगाउने जो बाइडेनको घोषणा

वाशिंगटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले रुसी उडानहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन । बाइडनले पछिल्लो कदमले रुस थप एक्लिने र उसको अर्थतन्त्रमाथि अझ दबाव सिर्जना हुने बताए । यसअघि रुसमाथि युरोपेली […]

रुस-युक्रेन द्धन्द्ध : सबै नेपालीले राजधानी किभ छाडे, हालसम्म ३ सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

वार्सा – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय भन्दा बढी नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट ३ सय २ जना नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिनुभयो । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना […]

रुस-युक्रेन द्धन्द्ध : देश छाड्नेको संख्या ६ लाख ६० हजार नाघ्यो, रोमानियाको सीमामा २० किलोमिटर लामो लाइन

तस्विर : अल जजीरा कीभ– रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा देश छाड्नेको संख्या ६ लाख ६० हजार नाघेको छ । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार हालसम्म ६ लाख ६० हजार भन्दा बढी मानिसहरुले देश छाडेका हुन । देश छाड्नेमा अधिकांश महिला र बालबालिका छन् । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका प्रवक्ता साबिया मन्टुले स्विट्जरल्याण्डमा एक […]

आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लड्छौ : राष्ट्रपति जेलेन्स्की

कीभ – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्नु भएको छ । युक्रेनबाट भिडियो लिङ्कमार्फत् बोल्दै जेलेन्स्कीले युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने अभिव्यक्ति दिनु भयो । ‘युक्रेनमा जे भइरहेको छ, त्यो दुःखद हो र हामी आफ्नो भूमि, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनको लागि लडिरहेको छौ’, जेलेन्स्कीले भन्नु भयो, ‘यी पछिल्ला केही दिनहरूमा […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नेतृत्व र ‘साहस’को बेलायती प्रधानमन्त्री जोनसनले गरे प्रशंसा

वार्सा – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नेतृत्व र ‘साहस’को खुलेर प्रशंसा गर्नु भएको छ । जोनसनले रूसी आक्रमणको बीच नेतृत्व र ‘साहस’ का साथ आफ्नो देश र विश्वलाई परिचालन गरेको भन्दै जेलेन्स्कीको खुलेर प्रशंसा गर्नु भएको हो । पोल्याण्डको प्रेस सम्मेलनको क्रममा प्रधानमन्त्री जोनसनले भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा गर्न युक्रेनी […]

थप १ सय ५८ जनामा कोरोना संक्रमण

काठमाडौँ। थप १ सय ५८ जनामा कोरोना (कोभिड) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७१ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ५४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५७ […]