५,७०० भन्दा बढी रुसी सेना मारिएको युक्रेनले दाबी

तस्विर : बीबीसी कीभ – युक्रेनी सैन्य अधिकारीहरूले सुरुको पाँच दिनसम्म लडाइमा ५ हजार ७१० जना रुसी सेना मारिएको दाबी गरेका छन्। फेसबुकमा पोस्ट गरिएको एक भिडियोमा जनरल स्टाफका प्रवक्ताले युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकहरूलाई बन्धक बनाएको पनि उल्लेख गरेका छन् । अधिकारीले १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबंद गाडी र २९ […]

एमालेले भन्यो- एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ

काठमाडौं – नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । एमसिसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको छ । अब […]

अस्ट्रेलियाले युक्रेनमा ५ करोड डलर बराबरको हतियार पठाउने

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले उक्त रकम घातक तथा गैर घातक सहायतामा जाने बताउनु भयो । ‘‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ,’’ उहाँले भन्नु भयो । तर ‘‘रुसलाई त्यसबारे पूर्व सूचना’’ आफूले दिन […]

रुसी आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु

रुसी सेनाको आक्रमणमा परी खार्किभ र कीभ बीचको शहर ओख्तिरकामा कम्तीमा ७० युक्रेनी सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ समेत ध्वस्त भएको छ । उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्। युक्रेनको स्वास्थ्य मन्त्रालयका अनुसार रुसी आक्रमणमा अहिलेसम्म […]

भारतमा थप सात हजार नयाँ सङ्क्रमित थपिए

काठमाडौँ ।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले […]

पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी,तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ-महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ […]

चीन शान्ति र न्यायको पक्षमा : वाङ वेनबिन

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयले युक्रेनमा रुसको कदमलाई लिएर चीनको निष्क्रियताबारे अमेरिकी आरोपको खण्डन गर्दै कडा शब्दमा निन्दा गरेको छ । अमेरिकाले युक्रेनमा सैन्य कारबाहीका लागि रुसको तयारीको बारेमा चीनलाई बारम्बार जानकारी दिएको र चीनलाई कदम चाल्न आग्रह गरेको भन्ने अमेरिकाको आरोपको खण्डन गर्दै चीनलाई बदनाम गर्न अमेरिकाले अफवाह फैलाएकोमा कडा शब्दमा निन्दा गरेको हो […]