युक्रेनबाट देश छाड्नेको संख्या ५ लाख नाघ्यो: संयुक्त राष्ट्र संघ

तस्विर : बीबीसी एजेन्सी – रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा आइपुग्दा देश छाड्नेको संख्या ५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायका अनुसार अहिलेसम्म ५ लाख भन्दा बढीले देश छाडेका हुन । उनीहरु युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ। त्यस्तै, अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै […]

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

तस्बिर : बेलारुसकाे विदेश मन्त्रालय एजेन्सी– रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा प्रवेश गर्दा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच शान्तिवार्ता सुरु भएको छ । युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा शान्तिवार्ता सुरु भएको बीबीसीले जनाएको छ । बैठकअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले तत्काल युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताउनु भयो । […]

आज युक्रेन-रुसबीच शान्तिवार्ता हुने

तस्बिर : बेलारुसकाे विदेश मन्त्रालय एजेन्सी– रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा प्रवेश गर्दा युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच आज शान्तिवार्ता हुने भएको छ । युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा शान्तिवार्ता हुने भएको हो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्न सहमत हुनु भएको […]

संसद भवन अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँ– नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज […]

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन आग्रह

सुर्खेत – निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ । यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । प्रदेश […]

रुस-युक्रेन द्वन्द्व : २ सय ४४ नेपाली सुरक्षित स्थानमा, पोल्याण्डमा ६० र स्लोभाकियामा १२ जना पुगे, अन्यले आज साँझसम्म सिमा क्रस गर्ने

काठमाडौं – युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि गठित उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जना, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् । यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने […]

युक्रेन-रुस द्धन्द्ध : धेरै बालबालीकाले ज्यान गुमाए

कारमा आगजनी हुँदा पोलिना आफ्नो परिवारसँगै थिइन् । तस्विर : बीबीसी कीभ – रुसी आक्रमणमा परि राजधानी कीभको प्राथमिक विद्यालयको अन्तिम वर्षमा अध्ययनरत पोलिना नामकी बालीकाले अकालमै ज्यान गुमाइन् । कीभको स्थानीय अधिकारीका अनुसार उनी र उनका आमाबुवालाई राजधानीको उत्तर पश्चिमको सडकमा रुसी तोडफोड र टोही समूहले गोली हानी हत्या गरेको थियो। कारमा आक्रमण हुँदा […]