युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको पुष्टि

युक्रेनले हेगमा रुसविरुद्ध मुद्दा दायर गरेको पुष्टि भएको छ । युक्रेनमाथि मस्कोको आक्रमणपछि अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्ध मुद्दा दायर गरिएको पुष्टि भएको हो । संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले आइतवार युक्रेनले रसिया विरुद्ध मुद्दा दायर गरेको पुष्टि गर्दै रसियाले नरसंहार रोक्नको लागि युक्रेनमा आक्रमण गरेको रसियाको दाबी गलत भएको भन्दै न्यायाधीशहरूलाई युक्रेनको सुरक्षाका लागि ‘अस्थायी उपायहरू’ […]

९० प्रतिशत भन्दा बढी युक्रेनीहरू राष्ट्रपति जेलेन्स्कीको समर्थनमा : सर्वेक्षण

एक सर्वेक्षणले ९० प्रतिशत भन्दा बढी युक्रेनीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समर्थनमा रहेको देखिएको छ । जुन गत वर्षको डिसेम्बरको तुलनामा तीन गुणा बढी हो । रेटिङ सोसियोलोजिकल समूहले गरेको सर्वेक्षण अनुसार ९१ प्रतिशतले जेलेन्स्कीलाई समर्थन गरेका छन् भने ६ प्रतिशतले मात्र समर्थन गरेका छैनन् भने ३ प्रतिशतले निर्णयविहीन छन् । क्रिमिया र पूर्वी युक्रेनमा विद्रोही […]

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौं – संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार साँझ बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसिसी अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गर्नु भएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]

बेलारुसको सीमामा रुससँग वार्ता गर्न युक्रेन सहमत

युक्रेन (किएभ) – बेलारुसको सीमामा रुससँग वार्ता गर्न युक्रेन सहमत भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्न लागिएको बताउनु भएको हो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताउनु भयो । यसअघि युक्रेनले बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव अस्वीकार गरेको थियो […]

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे ब्याख्यात्मक घोषणामाथि छलफल शुरु

काठमाडौँ – मन्त्रिपरिषद्‍को बैठकले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक प्रस्ताव  पारित गरेको छ । आइतबार साँझ संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा बसेको मन्त्रिपरिषद्‍ बैठकले ब्याख्यात्मक प्रस्ताव पारित गरेको हो। मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नु भएको छ । अहिले ब्याख्यात्मक घोषणमाथि छलफल भइरहेको छ । यस्ता छन् […]

अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गर्नु भएको हो ।  नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।  सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा […]

युक्रेनबाट ३ लाख ६८ हजार नागरिकले देश छाडे

युक्रेन (किएभ) – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा अहिलेसम्म युक्रेनबाट देश छाड्नेको संख्या ३ लाख ६८ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् । यूएनएचसीआरका अनुसार  द्वन्द्व सुरु भएदेखि १ लाख ५० हजार भन्दा बढी मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका छन् भने तीन दिनमा ४३ हजार भन्दा बढी युक्रेनीहरू रोमानिया भागेका छन् ।  युक्रेनमा ४ करोड ४० […]