युक्रेनबाट ३ लाख ६८ हजार नागरिकले देश छाडे

युक्रेन (किएभ) – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा अहिलेसम्म युक्रेनबाट देश छाड्नेको संख्या ३ लाख ६८ हजार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् । यूएनएचसीआरका अनुसार  द्वन्द्व सुरु भएदेखि १ लाख ५० हजार भन्दा बढी मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका छन् भने तीन दिनमा ४३ हजार भन्दा बढी युक्रेनीहरू रोमानिया भागेका छन् ।  युक्रेनमा ४ करोड ४० […]

एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णयप्रति खनालको आपत्ति

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाउनु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै नेता खनालले एउटा व्याख्यात्मक घोषणा गरेर आफूहरुको रिजर्भेसन राखेर एमसीसी पारित गर्न खोजिएकोमा आपत्ति जनाउनु भयो । एमसीसी सम्झौतामा प्रतिनिधिसभाले […]

एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : रावल

काठमाडौं – नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा गरेर एमसिसी पारित गरिनु जनता झुक्याउने काम मात्रै भएको बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं रावलले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्धार ठहर्ने बताउँदै एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताउनु भयो । रावलले एमसीसी […]

बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्धारा अस्वीकार

युक्रेन (किएभ) – युक्रेनले बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव अस्वीकार गरेको छ । रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताइरहँदा युक्रेनले वार्तामा बस्न अस्वीकार गरेको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया दिनु भयो । साथै […]

दाहाल र नेपालले आफुलाई चरम अवसरवादी भएको प्रमाणीत गरे : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफुलाई चरम अवसरवादी पुष्टि गरेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमा १२ बुँदे लामो स्टाटस लेख्दै यस्तो टिप्पणी गर्नुभएको हो । पोखरेलले सामाजीक संजालमा […]

उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाहीग गरेको छ । शनिबार मात्रै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा पिएर सवारी साधन चलाउने ५७ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५४ […]

एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डौ – संसदमा टेवल भएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने निर्णय भएको हो। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सतारुढ गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरिएको जानकारी गराउनु भयो । पौडेलले […]