किएभ – युक्रेनको राजधानी किएभमा कर्फ्यू जादेश जारी गरिएको छ । किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गर्नु भएको हो । यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो। क्लित्स्कोले ट्विट गर्दै कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानीने […]
युक्रेन (किएभ)– रुसी आक्रमण जारी रहँदा युक्रेनबाट लगभग १ लाख मानीसहरु पोल्याण्ड प्रवेश गरेका छन् । बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युद्धबाट भागिरहेका छन् । आक्रमण सुरु भएदेखि लगभग १ लाख मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका हुन । शनिबार दिउँसो सम्म मात्र २० हजार भन्दा बढी मानिसहरू बोर्डरमा पुगिसकेको बीबीसीले जनाएको छ । पोल्याण्ड सरकारले […]
युक्रेन (किएभ) – युक्रेनले रुसी आक्रमणमा अहिलेसम्म १९८ जनाको मृत्यु भएको जनाएको छ । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोका अनुसार रुसी आक्रमणमा तीन बालबालिकासहित १९८ युक्रेनी नागरिकको मृत्यु भएको हो । स्वास्थ्यमन्त्री ल्यास्कोले आफ्नो फेसबुक पेजमा लेख्नु भएअनुसार आक्रमणमा परि थप १,११५ जना घाइते भएका छन्, जसमध्ये ३३ जना बालबालिका छन । युद्धको तेस्रो दिन रूसी […]
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेन घटनाबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिनु भएको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्नेमा नेता श्रेष्ठले जोड दिनु भएको हो । ‘युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै […]
युक्रेन (किएभ) – युक्रेनले अहिलेसम्म ३,५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको विवरण अनुसार आक्रमणमा संलग्न ३,५०० भन्दा बढी रुसी सैनिक मारिएका र करिब २०० जनालाई बन्दी बनाइएको छ । रुसले हालसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको पनि उनीहरूले दावी गरेका छन् । बीबीसीले यी […]
काठमाडौँ। नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आउनुभएको छ । शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हिजो (शुक्रबार) भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारणा बनाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न […]