काठमाडौं – रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेकोमा नेपालले विरोध जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्ने जनाएको हो । नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनीएको छ, ‘संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता […]
काठमाडौं – प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएकोे छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले आज बिहीबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सूचना टाँसेर स्थगित गरेको हो । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा संसदमा […]
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ। आज दमौलीमा प्रेस युनियन तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभएको […]
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न आधा दर्जन कार्यदल तथा समिति गठन गर्नुभएको हो । वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र […]
भक्तपुर – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने बताउनु भएको छ । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित कार्यक्रममाबोल्दै अध्यक्ष ओलीले एमालेले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ र सहयोग भन्दै कसैले पनि हराउन नसक्ने बताउनु भएको हो । […]
काठमाण्डौ – प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना मसीसी) छलफलका लागि प्रस्तुत गरिने भएको छ । संसदमा गएको आइतवार टेबल भएको एमसीसी भोलि छलफलका लागि प्रस्तुत गरिने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा ‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता […]
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । लोसपाको संसदमा १३ सांसद छन । सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने […]