स्थानीय तहको कार्यकालसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं -सर्वोच्च अदालतले स्थानीत तहको मिति सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ  ।  न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावविरुद्ध परेको रिटमा आज मङ्गलवार सुनवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आगामी वैशख ३० गते स्थानीय तहको निर्वाचन गर्दा विगतमा तेस्रो चरणको निर्वाचनबाट निर्वाचित पदाधिकारीका […]

एमसिसीको पक्षमा मतदान नगर्नेसँग सरकारमा बस्न सकिन्न : महामन्त्री थापा

चितवन –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसिसीको पक्षमा मतदान गर्न नसक्ने सँग सरकारमा बस्न नसकिने बताउनु भएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने नसकिने बताउनु भएको हो । उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने टिप्पणी […]

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुग्नुभएको थियो। मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको छ । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी […]

एकै दिन काठमाडौं उपत्यकामा १४ सयभन्दा बढी जना सवारी चालकमाथि कारवाही

काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना […]

स्थानीय निर्वाचन घोषणाविरुद्धको रिटमा आज अदालतमा प्रारम्भिक सुनुवाइ

काठमाडौं – स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा तेस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो । महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा […]

स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल आयोगमा दर्ता

काठमाडौं –  स्थानीय तह निर्वाचनमा सहभागी हुन दश वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा दश वटा दलले दर्ता गरेका हुन । निर्वाचन आयोगले सोमबार फागुन ५ गतेदेखि हालसम्म दश वटा राजनीतिक दलले निर्वाचनमा सहभागी हुन आयोगमा दल दर्ता गरेको जनाएको छ । आयोगमा जनमत पार्टी, मंगोल […]

स्थानीय निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब ९५ करोड बजेट

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । कोभिडको बेला स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यक सामग्री राख्दा पनि अघिल्लो स्थानीय तहको निर्वाचनको भन्दा कम खर्चमा गर्न लागेको आयोगको भनाई […]