काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता संसदमा टेवल गर्न दिने वा नदिने कुनै निर्णय नभएको बताउनु भएको छ । शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसिसीको विषयमा कुनै निर्णय नगरेको खनालले बताउनु भयो । बैठकपछि नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेकी सचिव रामकुमारी झाँक्री र उपमहासचिव तथा प्रचार विभाग […]
काठमाडौं – नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने भएको छ । नेकपा एसको शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगनाथ खतिवडाले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भए पनि संसदमा पेश गर्न भने दिने निर्णय गरेको बताउनु भयो । […]
काठमाडौँ। कमल थापाले औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्नुभएको छ । आज प्रजातन्त्र दिवसको अवसर पारेर उहाँले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्नु भएको हो । काठमाडौँमा आयोजित पार्टी घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताउनुभयो । आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताउनुभएको छ। यसका लागि आजैदेखि तयारी थाल्न उहाँले आग्रह गर्नुभएको छ । उहाँले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागिता हुने बताउनुभयो । शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले […]
जुम्ला । जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो । जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको प्रजातन्त्र दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै […]
काठमाडौँ । आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारी लगायतको सहभागिता थियो । समारोहलाई […]