जुम्लामा ६ हजार बढी मतदाता थपिए

जुम्ला । जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो । जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको प्रजातन्त्र दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक […]

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा सबैमा शुभकामना व्यक्त्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै […]

आज टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ । आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारी लगायतको सहभागिता थियो । समारोहलाई […]

सूर्यविनायक नगर अस्पताल शनिबारदेखि संचालनमा आउँदै, पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

भक्तपुर – सूर्यविनायक नगर अस्पताल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न जगातीमा निर्माण गरेको २५ शय्याको अक्सिजन प्लान्टसहितको अस्पताल भोलिदेखि संचालनमा आउने भएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे अस्पतालको उद्घाटन गर्नु हुने कार्यक्रम छ ।सूर्यविनायक […]

अमेरिकाले भन्यो- एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन

काठमाडौँ– अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको […]

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरु (सूचीसहित)

काठमाडौं – मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित कार्यक्रममा मन्त्रिपरिषद् बैठकले गरेका १० वटा निर्णय सार्वजनिक गर्नु भएको हो । प्रवक्ता कार्कीले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको बताउनु भयो । बैठकले कोभिड १९ को आकस्मिक प्रतिकार्य […]

सोनाम लामाद्धारा उच्चस्तरीय समितिसमक्ष प्रतिवेदन पेश, ९९१ प्रतिनिधि विधान विपरीत रहेको निश्कर्ष

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सोनाम लामाले उच्चस्तरीय समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्नु भएको छ । उपाध्यक्ष लामाले एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप आफुले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको बताउनु भयो । ‘राष्ट्रिय […]