सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, आइतबार फेरि बस्ने

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक सुरु भएको केही समयमै सकिएको हो । बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक आज आयोजना गरिएको थियो । तर बैठक सुरु भएको केही समयमै फागुन ८ गते बिहान १० बजे बस्ने […]

ढुंगेअड्डामा फेला परेको ३ वटा कुकरबम डिस्पोज

काठमाडौं – काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेको छ । सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको बीचसडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपछि नेपाली सेनाको […]

स्थानीय तहको संख्या ७ सय ५३ नै कायम हुने

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या ७ सय ५३ नै कायम गर्ने भएको छ । २०७४ जेठ ११ मा राजपत्रमा प्रकाशित सूचनाका आधारमा १३ वटा थप गरेर ७ सय ६६ स्थानीय तह बनाउन सरोकारवालाले दबाब दिएपछि मन्त्रालयले अभिलेख अध्ययन गरेर प्रस्ताव तयार गरेको थियो । तर स्थानीय तहको सीमा र संख्या सम्बन्धमा […]

स्थानीय तह निर्वाचन: साढे दुई लाख जनशक्ति आवश्यक

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुई लाख ६५ हजारभन्दा […]

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा पनि एमसीसी टेबल नहुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने सरकारी तयारी भए पनि एमसिसी संसद सचिवालयको कार्यसूचीमा परेको छैन । संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने एउटा मात्र प्रस्ताव छ […]

पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

काठमाडौं –  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुग्नु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा सत्तारुढ गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट  पुग्नु भएको हो । उहाँको साथमा श्रीमती आरजु राणा देउवा पनि जानुभएको छ । एमसिसी संसदमा टेवल […]

सत्ता गठबन्धनको बैठक सकियो, एमसिसीको विषयमा जुटेन सहमति, भोलि पुन :बस्ने

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा प्रस्तुत गर्ने विषयमा छलफल गर्न बालुवाटरमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठक संसद सुचारु कसरी गर्ने, एमसीसीलाई संसदमा कसरी लाने भन्ने विषयमा केन्द्रीत थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली […]