जर्मनी राजदूतद्वारा कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

काठमाडौँ – नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको उद्घाटन गर्नुभएको छ । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् । सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोगअन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सबलीकरण तथा […]

एमसीसीले गठबन्धन टुटेसँगै माधव-प्रचण्ड सडक छाप हुनेछन् : महेश बस्नेत

रुपन्देही – नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा सांसद महेश बस्नेतले एमसीसीले गर्दा गठबन्धन टुटेसँगै माधव प्रचण्ड सडक छाप हुने दावी गर्नु भएको छ ।  राष्ट्रिय युवा संघ नेपाल, सियारी गाउँपालिका रुपन्देहीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस, माओावदी, नेकपा एस, जसपा तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनलाई लक्षित गर्दै पाँचवटा लड्डु एकै पटक खाना खोज्दा […]

एनआरएनए थाइल्याण्डका पूर्व अध्यक्ष रमेशकुमार हमाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

काठमाण्डौ – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई ४ वर्षको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । […]

थप ५७० जनामा कोरोना संक्रमण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ […]

कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन सर्‍यो

काठमाडौं -नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ । सचिव केशव रिजालका अनुसार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको हो । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा […]

नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छ: गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताउनु भएको छ। कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन कार्यक्रममा उहाँले यो कुरा बताउनु भएको हो। थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको शैलीको आलोचना गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को […]

दुई घण्टा पछि सारियो सत्तारुढ गठबन्धनको बैठक

काठमाडौँ – सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारीएको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो । सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु उपस्थित हुनेछन् । […]