काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी हुनुभएको हो । माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी हुनुभएको हो । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ । एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाउनुभएको हो। सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेर माओवादी केन्द्र […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ । अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो । तर, एमसीसी […]
काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आगामी मार्च २१ र २२ अर्थात चैत ७ र ८ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फेब्रुअरि २८ तारिखमा तोकिएको निर्वाचन पछि सार्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भिमसेन बन्जराले सार्वजनिक […]
काठमाडौं – नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले एमसिसी संसदमा टेवुल गरे सरकारमा नरहने निर्णय गरेको हो । प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने अन्यत्र सरकारमा नरहने निर्णय गरेको जानकारी दिनु भयो ।गुरुङले गठबन्धनको निर्णयबिना सरकार […]
काठमाडौं।केही दिनदेखि क्रमिक उकालो लागेको सुनको मूल्य बुधबार भने घटेको छ। अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ६ सय रुपैयाँ घटेको हो। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि १ हजार २ सय बढ्दा मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको […]
काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार […]