उनन्चास हजार कर्मचारीको पद खाली, कहाँ कति ?

काठमाडौँ – सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी […]

साउदी अरबमा एक वर्षमा २२४ श्रमिकले ज्यान गुमाए

काठमाडौँ – साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ । दूतावासका अनुसार मृतक नेपालीले […]

विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी लिन सक्ने

काठमाडौँ – विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विदेशबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर विद्युतीय राहदानी नेपालमै छापिनु देशकै लागि ऐतिहासिक सफलता […]

एमसिसीबारे कांग्रेसले सार्वजनीक गर्‍यो आधिकारिक धारणा (पूर्णपाठसहित)

काठमाडौं – नेपाली कांग्रेसले एमसिसीबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले एमसिसी सम्झौतालाई संसदमा यथाशिघ्र पेश गर्न माग गर्दै आफ्नो धारणा सार्वजनीक गरेको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) अनुदान सहायता सम्झौताका सम्बन्धमा नेपाली कांग्रेसको धारणा 1. नेपाल आर्थिक विकासको जुन चरणमा छ, पूर्वाधारको व्यापक विकासको आवश्यकता छ । यसको […]

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – बारम्बार स्थगीत हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बुधबार १ बजे बस्दैछ । संंघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने उल्लेख गरिएको छ । साथै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । उता नेपाली कांग्रेसले एमसिसी सम्झौता संसदमा […]

कांग्रेसका सबै भातृ संगठनको कार्यसमिति विघटन

काठमाडौं – नेपाली कांग्रेसले विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको हो ।

नेपालमा थप ६८० जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना […]