सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता ,एमसीसी सदनमा टेबल गर्ने नगर्ने विषयमा छलफल

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका […]

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं– प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार विहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मीनु भएको शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रसित हुनुन्थ्यो। उहाँ मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित हुनुन्थ्यो। शर्मा नेपाली साहित्यमा नियात्रा विधाका […]

कांग्रेस संसदीय दलको बैठक भोलि

काठमाडौँ– प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिनुभएको छ । सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको […]

सुनको भाउ निरन्तर उकालो लाग्दै, आज कति पुग्यो ?

काठमाडौँ । एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं-  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा छ । […]

पर्यटनमन्त्री आलेले अश्लील गाली गरेको अडियो भाइरल, सचिवालय भन्छ- तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  एक जना व्यक्तिसँग अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिसँग फोनमा अश्लीन गाली गरेको अडियो भाइरल बनेको हो । अडियोमा कतिपय शब्दहरु सुन्नै नसकिने खालका समेत छन् । सो विषयलाई लिएर सामाजिक सञ्जालमा कतिपयले मन्त्री […]

आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य, तातोपानी र केरुङबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध

सिन्धुपाल्चोक – उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार […]