नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै गर्ने तयारी

काठमाडौँ – सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना […]

मिटरब्याजीको डरलाग्दो जालो

काठमाडौँ –  चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् । काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटरब्याजको समस्या विकराल […]

एमसीसीबारे गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले लेखे ओलीलाई पत्र

काठमाडौँ– नेकपा एमाले नेता तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्नु भएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेको हो । पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको र यस विषयमा गहन छलफल हुनुपर्ने उल्लेख गर्नु भएको […]

रेखा थापाले गरिन् अदालती विवाह

काठमाडौं – अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गर्नु भएको छ । थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गर्नु भएको हो । थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवनमा १० वर्षअघि सम्बन्धविच्छेद गर्नु भएको हो । रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आउनु भएको थियो । जाजरकोटका […]

दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष एमालेमा प्रवेश

रुपन्देही – रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू नेकपा एमाले प्रवेश गरेका छन् । सोमवार जिल्लाको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गर्नु भएको हो । यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा […]

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, ७ सय ४७ जनामा संक्रमण

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या २० हजार ७३९ पुगेको छ।

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्न सक्दैन : रामचन्द्र पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनु भएको छ । आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने दाबी गर्नु भएको हो । संसदमा एमसीसीबारे छलफल हुने र पारित गर्ने नगर्ने निर्णय संसदले नै लिने उहाँको भनाइ थियो । नेपाल बार […]