एमसीसीविरुद्ध माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको प्रदर्शन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए । विरोधमा सहभागी नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा […]

काठमाडौंमा पनि देखियो बर्डफ्लु

काठमाडौं – काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको हो । विभागले आइतबार विज्ञप्ती जारी गर्दै काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको हो ।  पंक्षीमा देखिने यो रोग नियन्त्रणका लागि […]

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन आदेश

काठमाण्डौ – उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । पशुपति क्षेत्रको धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँगको सम्झौता पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा रद्द भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको […]

एनआरएनएको विधान विपरीत सिफारिस भएका महाधिवेशन प्रतिनिधि खारेजीको माग

लन्डन – बेलायतबाट निर्वाचित ७ जना एनआरएनए आइसीसी सदस्यहरुले विधानविपरीत सिफारिस भएका महाधिवेशन प्रतिनिधिहरुलाई खारेज गर्न माग गरेका छन् । आइसिसी सदस्यहरु दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै विधानविपरीत सिफारिस गरिएको प्रतिनिधि खारेज गर्न माग गर्नु भएको हो । विज्ञप्तिमा एनआरएनए यूकेको […]

राप्रपा नेपालको अध्यक्षमा कमल थापा, अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ मूल एजेण्डा हुने

काठमाडौं – कमल थापा ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुनुभएको थापा राप्रपा नेपालको अध्यक्ष बन्नु भएको हो । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल […]

न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : कानुनमन्त्री बडू

काठमाडौँ –  कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले महानन्यायाशीधमाथि न्यायालयको गतिरोध अन्त्य गर्न महाअभियोग लगाइएको बताउनु भएको छ । संसद् सचिवालयमा आइतबर सञ्चारकर्मीहरू कुरा गर्नुहुँदै मन्त्री बडूले प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको बताउनु भयो । ‘गतिरोधमा न्यायपालिका रहृयो भने न्यायापालिकाको आवश्यकता र गरिमाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक […]

महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं – सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको आरोप लगाइएको छ । महाअभियोग प्रस्तावमा राणाको […]