एनआरएनए जापानको विवाद मिलाउने जिम्मा हिराचन र भट्टलाई, सहमति नभए निर्वाचन गर्ने अधिकार (पत्रसहित)

टोकियो – गैर आवासीय नेपाली संघ जापानको विवाद मिलाउने जिम्मेवारी संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टलाई दिइएको छ । विश्व सन्देशलाई प्राप्त पत्रमा एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद मिलाउने जिम्मा दिएको उल्लेख छ । एनआरएनए सचिवालयबाट कार्यकारी निर्देशक राजेश राणाले लेख्नु भएको पत्रमा भनिएको छ,  ‘गत जुलाई […]

युवा संघद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय युथ फोर्स विभागको आयोजनामा पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ तथा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गर्दै मूल्यवृद्धिविरुद्ध आन्दोलनलाई […]

कांग्रेसले बाँकि रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने

काठमाडौँ – नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले एक विज्ञिप्त जारी गर्दै अधिवेशन हुन […]

एनआरएनए अमेरिकामा ६७ प्रतिशत मतदाताको भावना विपरीत प्रतिनिधि चयन गरिए मान्य हुँदैन : लामिछाने

टेक्सस –  गैर आवासीय नेपाली संघ अमेरिकामा (२०२१-२०२३) कार्यकालका अध्यक्षका प्रत्यासी कृष्णा लामिछानेले अमेरिकामा ६७ प्रतिशत मतदाताको भावना विपरीत प्रतिनिधि चयन गरे मान्य नहुने बताउनु भएको छ । लामिछानेले गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा वर्तमान अध्यक्ष बुद्धी सुवेदी समूहले प्राप्त गरेको जम्मा ३३ प्रतिशत मतको कदर गर्दै बाँकी बाहिर रहेको ६७ प्रतिशत मतदाताको भावना […]

थप ११ सय २७ जनामा कोरोना पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २२१५ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या […]

तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ , निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ: केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गर्नुभएको छ। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रहसमेत गर्नुभयो। ‘एउटा उखान छ– ढाँटको निम्तो खाइ पत्याइनु । जबसम्म खाइदैन […]

कस्तो रह्यो स्वास्थ्यमन्त्री खतिवडाको सय दिन ? के-के भए नयाँ काम ?

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री खतिवडाले पत्रकार सम्मेलन गर्दै प्रगति विवरण सार्वजनिक गर्नु भएको हो । सो अवसरमा मन्त्री खतिवडाले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको जानकारी दिनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले […]