काठमाडौँ – सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई सरकारले बुस्टर डोज खोप दिने भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार […]
वीरगञ्ज – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताउनु भएको छ । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनु भएको हो । एमसीसीका विषयमा भए नभएको प्रचार भइरहेको भन्दै उहाँले केही कुरा सुधार्नुपर्ने भएकाले आँखा चिम्लेर […]
काठमाडौँ – चीनले नेपाललाई पठाउनुपर्ने एक लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल समयमा आएको छैन । खरिद गरिएको उक्त मल तोकिएको समयमा नआउँदा कृषि सामग्री कम्पनी भने अप्ठ्यारोमा परेको छ । कम्पनीका कार्यवाहक प्रमुख राजेन्द्रबहादुर कार्कीले चीनबाट आउनुपर्ने रासायनिक मल समयमा आइदिएको भए मलको हाहाकार नहुने बताउनुभयो । पटक–पटकको प्रयासका बाबजुद पनि पाँच/छ महिनादेखि चीनबाट […]
काठमाडौँ – सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस […]
काठमाडौं – सरकारले १८ वर्ष माथिका सबैलाई प्रथामिकताका आधारमा क्रमश कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।
काठमाडौँ – नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको छ । कांग्रेसले एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एम एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको हो । बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचनका लागि जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । प्रवक्ता […]