प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको जानकारी दिनुभयो । […]

सरकार विरुद्ध सडकमा उत्रीयो युवा संघ, मूल्यवृद्धि खारेजदेखि नेपाली भूमि फिर्ता सम्मको माग

काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध सडक तताएको छ । युवा संघले सरकारलाई खबरदारी गर्दै आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै सडक तताएको हो । नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयअगाडि युवा संघले सरकारलाई ध्यानाकर्षण गराउँदै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ गरेको हो । प्रदर्शनकारीले स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि […]

नेपालमा थपिए १ हजार ३६९ जना कोरोना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार २३८ जना कोरोना […]

त्रिविले १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को […]

कांग्रेस चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन : डा. शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गरेर जान नसकिने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा असहमति जनाउँदै कोइरालाले सो जवाफ दिनु भएको हो । अध्यक्ष प्रचण्ड र कोइरालाबीच बिहिबार भएको भेटवार्तामा कोइरालाले स्थानीय निर्वाचनमा […]

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला हुने

काठमाडौं – पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि भक्तजनका लागि खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको मन्दिर भोलिदेखि खुला हुने भएको हो । कोषले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य […]

कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील […]