लगानी बोर्डको ४९ औं बैठक : डावर नेपालको ९ अर्ब ६८ करोड लगानी स्वीकृत

काठमाण्डौ – डाबर नेपालले ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको लगानी भित्र्याउन स्वीकृत पाएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ४९ औं बैठकले डाबरको लगानी स्वीकृत गरेको हो । डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो । डाबर […]

कांग्रेससहितको समर्थनमा सभामुख सापकोटालाई महाभियोग लगाउँछौ: महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव दर्ताको तयारी भइरहेको बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै बस्नेतले सभामुखविरुद्ध महाभियोग आउने परिस्थिति सिर्जना हुन लागेको बताउनुभयो । महाभियोग कांग्रेसले पनि चाहेको र सदनलाई सूचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङका रुपमा प्रयोग गर्नेगरी परिस्थिति बनेको दाबी गर्दै […]

थप १ हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५१०३ जना निको पनि भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५९२ जना सङ्क्रमणमुक्त […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकका १३ वटा निर्णय सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनीक भएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज निर्णयहरु सार्वजनिक गर्नु भयो । मन्त्रिपरिषद् बैठकका निर्णयहरु: १. धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । २. वर्डफ्लु […]

कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरि थापाले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । आफ्ना मागलाई नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको थापाले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, […]

गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल

नयाँदिल्ली– अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी […]

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं–नेपाल राष्ट्र बैंकले मंगबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५ पैसा छ । यूके […]