स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते गर्ने निर्णय गरेको हो । सञ्चार, सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ७५२ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिनु भयो । वैशाख […]

प्रतिकूल मौसमका कारण निरन्तर उडान अवरुद्ध

फुङलिङ–ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज […]

काठमाडौंमा एकैदिन १२ सय ६५ सवारी चालकलाई कारवाही

काठमाडौं– एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २६५ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लंघन गर्ने ४८ जना […]

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं – कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनु भएको छ । सभापति शेरबहादुर देउवाले प्रवक्तामा डा. महत नियुक्त हुनु गर्नु भएको हो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य महतलाई पार्टीको प्रवक्ता पदमा मनोनयन […]

सुनको मूल्य बढ्यो

काठमाडौँ – आज सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय […]

आजदेखि फाइजर खोपको दोस्रो डोज लगाइँदै

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकामा आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ । शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । काठमाडौँ महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ ।

एनआरएनए उच्चस्तरीय समितिको बैठक आज बस्दै, विवाद समाधान हुने विश्वास

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको बैठक आज बस्दैछ । बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्न लागेको हो । यसअघि शनिबार डाकिएको बैठक समितिका संयोजक तथा प्रमुख संरक्षक शेष घले अस्वस्थ हुनु भएको कारण स्थगीत गरिएको थियो । आज बस्ने बैठकले दशौं अन्तराष्ट्रिय महाधिवेशनका सम्बन्धमा देखिएका समस्याको बारेमा सत्य तथ्य पत्ता […]