अरुलाई दोषी देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा वर्तमान र निवर्तमान पदाधिकारीबीच आरोप प्रत्यारोप चलेको छ । एनआरएनए अमेरिकाको केहि समय अघि फ्लोरिडामा सम्पन्न हाइब्रिट बैठकमा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदनको विषयलाई लिएर आरोप प्रत्यारोप चलेको हो । बैठकमा कोषाध्यक्ष राजीव श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो कार्य […]
काठमाडौँ ।आज सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७०० रुपैया र चाँदी […]
काठमाडौँ – काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ । पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो […]
काठमाडौँ – गत वैशाखको पहिलो साता नेपालबाट कुवेत हिँडेका एक भारतीय नागरिक शङ्कास्पद पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनको रिपोर्टमाथि शङ्का लागेपछि विमानस्थल हेल्थ डेस्कले नै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगायो । रिपोर्ट नेगेटिभ भए पनि त्यसमा प्रयोग भएको ‘छाप र हस्ताक्षर’ शङ्कास्पद देखिएको थियो । वैशाखमै पीसीआर रिपोर्टमाथि शङ्का लागेका १२२ […]
बाबुराम शर्मा /चरीकोट दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ । साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र […]
काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उहाँले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको […]
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ […]