कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ: झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले) सँग चुनावी तालमेल हुनसक्ने बताउनुभएको छ । गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताउनुभएको हो । ईमेज च्यानलको कार्यक्रम हट सीटसँग कुरा […]

स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौं। कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ । लोकसेवा आयोगले परीक्षाको समय तालिका सार्वजनिक गर्दै स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ । आयोगले उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह ९प्राविधिक र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र […]

काँकडभिट्टामा भीषण आगलागी

झापा। झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो। केही बेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ । जुत्ता उद्योग एसएस फुटवेयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको प्रहरीले जनाएको छ ।

भारतमा थप एक लाख ७२ हजार जना कोरोना सङ्क्रमित

भारत-भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ […]

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० को बिक्री खुला गर्ने लागेको हो । निष्काशन […]

लमजुङका सात स्थानीय तहलाई जलविद्युत रोयल्टीबापतको रकम प्राप्त

लमजुङ– लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७\०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन् । सात पालिकाले आर्थिक वर्ष ०७७\०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सवैभन्दा धेरै विद्युत रोयल्टी मर्स्याङ्दी गाउँपालिकाले पाएको जनाएको छ । मर्स्याङ्दी गाउँपालिकाले एक करोड ४९ लाख २१ […]

सुनको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार […]