स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न एमालेको माग

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल मिति तोक्न र भोलि बिहीबारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अुनसार एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय […]

यूएईमा आजदेखि कार्यान्वयनमा आयो नयाँ श्रम कानुन, श्रमीकहरु लाभान्वित हुने

काठमाण्डौ – यूएई सरकारले आज अर्थात् फेब्रुअरी २ देखि नयाँ श्रम कानुन कार्यान्वयनमा ल्याएको छ । नयाँ श्रम कानुनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानुनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ । खबर गल्फ न्युजले जनाए अनुसार यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानुनले श्रमिकको हित […]

एमाले एक्लै चुनाव लड्छ, हामीलाई अरू कसैको वैशाखी टेक्नुपर्ने जरुरी छैन : ज्ञवाली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने बताउनु भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डौमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनु भएको हो । स्थानीय तहको चुनाव […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भक्तपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

भक्तपुर – भक्तपुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघले प्रधानमन्त्री देउवाको पुत्ला जलाइएका हुन् । जिल्लाको सूर्यविनायकबाट घलातेसम्म निश्किएको र्यालीकै क्रममा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको हो । पाँच दलीय गठबन्धनको सरकार बनेसँगै पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामाग्रीको अत्याधिक मूल्य वृद्धि […]

परीक्षण नै नगरी पीसीआर रिपोर्ट ! दुई कर्मचारी र बिचौलिया पक्राउ, प्रतिव्यक्ति १० हजारसम्म असुल्ने गरेको खुलासा

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्। भक्तपुरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को […]

कसैले चाहना राख्दैमा गठबन्धन टुट्दैन: माधव कुमार नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैले चाहना राख्दैमा गठबन्धन सरकार नटुट्ने बताउनु भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो । उहाँले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र […]

नेपालमा थपिए ३ हजार ६३७ जना संक्रमित, ७ हजार ५५५ संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार २०५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बुधबार देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९ […]