सीटीईभीटीले स्थगित गरेका परीक्षाहरू फागुन ६ गतेबाट हुने

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित गरेका परीक्षाहरू सञ्चालन हुने भएका छन् । आज सीटीईभीटीले सूचना जारी गर्दै कोभिड–१९ का कारण स्थगित गरिएका परीक्षाहरू फागुन ६ गतेबाट सञ्चालन हुने जानकारी दिएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षाहरू सञ्चालन गरिने पनि […]

काठमाडौँका अतिक्रमित सडकपेटी खाली गराउने अभियान सुरु

काठमाडौँ– शहरी विकास मन्त्रालयले काठमाडौँका अतिक्रमित सडकपेटी खाली गराउने अभियान सुरु गरेको छ । बुधबार धोबीखोला क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा उत्रिनुभएको हो । मन्त्री झाँकीसहितको टोलीले अतिक्रमित सडकपेटी खाली गराएको छ । नियन्त्रणमा लिइएका सामान गुहेश्वरीमा रहेको खाली जग्गामा राखिने र सम्बन्धित व्यक्ति लिन आए एक पटकलाई फिर्ता दिने […]

यी हुन् कोरोना संक्रमितको निःशुल्क उपचार हुने ७८ अस्पताल

काठमाडौँ । सरकारले देशभरका ७८ वटा अस्पतालबाट कोभिड–१९ संक्रमितको निःशुल्क उपचार सेवा दिइरहेको छ । ०७८ साउनयता सरकारी तथा निजी गरी ७८ अस्पतालमा कोभिड केयर युनिट सञ्चालन गरी संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको हो ।

रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार

काठमाडौँ –  रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने […]

आज पनि सुनको मूल्य उकालो लाग्यो

काठमाडौँ – आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ […]

आजको विदेशी विनिमयदर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर ११९.९७ र खरिददर ११९.३७ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद र बिक्रीदर समेत तोकेको हो । यस्तै, आज एक यूरोको बिक्रीदर १३५.०६ र खरिददर १३४.३९ रुपैयाँ तथा पाउण्ड स्र्टलिङको बिक्रीदर १६१।९६ र खरिददर १६१.१५ रुपैयाँ छ । […]

पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा छलफल

काठमाडौँ- पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले समिति गठन गरेको छ । प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो। समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष, प्रदेशका आठवटै जिल्लाका पत्रकार महासङ्घ शाखाका अध्यक्ष वा प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक सङ्घ, […]