हिमपात र वर्षाको सम्भावना, आज केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डौ – आज केहि ठाउँमा फेरि पानी पर्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज केही ठाउँमा र भोलि, पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने भएको छ । आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून […]

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । […]

भक्तपुरमा सबै दल मिलेर आउनुस्, एमाले एक्लै काफिछ : महेश बस्नेत

भक्तपुर – नेकपा एमाले पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा सवै दल मिलेर गठबन्धन गरी आए पनि भक्तपुरमा एमाले एक्लै काफी भएको चेतावनी दिनुभएको छ । आज सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू, पुरानो बसपार्कसँगैको रानी खोला पुल शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरमा एमालेको नेतृत्व आएसँगै विकासले ऐतिहासिक फड्को मारेको बताउनु […]

कोभिड-१९ खोप सम्बन्धी ५ जिज्ञासा र उत्तर

डा शेरबहादुर पुन १) बुस्टरमा फरक खोप लगाउन मिल्छ ? – लगाउन मिल्छ। विभिन्न अध्ययनहरुले ‘मिक्स एण्ड म्याच’ अर्थात् पहिले दुई मात्रा पूर्ण खोप लगाएमा फरक खोप बुस्टरको रुपमा लगाउँदा एन्टीबडीको स्तर प्रभावकारी र सुरक्षित हुने गरेको देखिएका छन्। २) बुस्टर डोज भनेको फरक खोप हो ? – होइन, बुस्टर डोज भनेको हाल उपलब्ध/लगाइरहेका खोपहरु […]

प्रदेश १ सरकारले अनावश्यक रुपमा मन्त्रालय थपेकोमा एमालेको आपत्ति, तत्काल निर्णय फीर्ता लिन माग

विराटनगर – नेकपा (एमाले) प्रदेश १ कमिटिले प्रदेश सरकारले संघीयता विरोधी गतिविधि गरिरहेको भन्दै आपत्ति जनाएको छ । एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकार जनताको चाहना र प्रदेशको आवश्यकता विपरीत संघीयता विरोधी गतिविधिमा लागेको भन्दै आपत्ति जनाउनु भएको हो । प्रदेशमा अनावश्यक रुपमा मन्त्रालयको संख्या वृद्धि गरेकोमा विरोध जनाउँदै […]

नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो। यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै छन्। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमित […]

स्थानीय तहको निर्वाचन १२ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं – निर्वाचन आयोग र सरकारबीच आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री शेरब हादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति जुटेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको थियो । प्रधानमन्त्री देउवाको […]