कोरोना खोपमा २ अर्व बढी रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो। उजुरीमा भनिएको छ, ‘नेपाल सरकारका स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा […]

मन्त्रिपरिषद बैठकका ११ वटा निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ – मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नु भएको हो । प्रवक्ता कार्कीका अनुसार सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेण्ट […]

भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव

काठमाडौं । भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२\२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो । गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड )सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड […]

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ। खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय रहेको […]

स्थानीय तहको चुनाव जेठ ४ मा हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनुभएको छ। वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको हो ।

सरकारले सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं– सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

हायर पर्चेज कर्जाको ब्याजदर बढ्यो

काठमाडौँ –  उपभोक्ताका लागि अब हायर पर्चेज ब्याजदर बढेको छ । मोटरसाइकल तथा गाडीको फाइनान्सिङ दर १ प्रतिशतले बढेको हो । जुन ब्रान्डको सवारी किन्यो, सोही ब्रान्डको हायर पर्चेज कर्जा दिने कम्पनीबाट फाइनान्सिङ गर्दा हाल कायम रहेकोभन्दा १ प्रतिशत बढी ब्याज तिर्नुपर्ने भएको हो । नेपाल राष्ट्र बैङ्कले हायर पर्चेज कर्जा कारोबार सञ्चालन गर्न इजाजतप्राप्त […]