काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ ग¥यो । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला छन् । दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा वीरेन्द्र मानन्धरले अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालन गरेको खुलेको छ । मोबाइलमा बिङ्गो एपबाट जुवाका खेल […]
काठमाडौं– बीमा समितिले तोकिएको समयभित्र लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरुलाई जरिवाना गर्ने निर्णय गरेको छ । समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने ती बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । […]
काठमाडौँ – नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त निवेदन पेस भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आवेदन दिएकाहरुको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले रिक्त पदमा गत पुस २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । आवेदन दिनेमा जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, […]
काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले खोप चोरी प्रकरणमा संलग्न व्यक्तिमाथि छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । संघले मंगलबार, दिउँसो २ बजे उजुरी दर्ता गर्न लागेको हो । संघका नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले समाचार संकलनका लागि सम्पादकलाई पठाएको पत्रमा ‘वर्तमान कोभिड-१९ विरुद्धका २४ लाख […]
काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ। २१ माघ अपरान्ह ४ बजेभित्र कोरोनान भाइरसविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण बुझाउन सरकारले निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य […]
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो। १० हजार ३६८ नमूनाको पीसीआर र ५ हजार ७२० नमूनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४७२ जना र एन्टिजेन परीक्षणबाट […]
जुम्ला–जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् । पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी […]