कोरोना महामारीको कारण रोकिएको त्रिविको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय […]

गृहमन्त्रीले गरे प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ। गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो। उहाँले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा […]

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौ-  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थाल्नु भएको छ ।

निर्वाचनको मिति चाँडो घोषणा गर्न अपाङ्ग सङ्गठनको माग

काठमाडौँ – स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठनले माग गरेको छ । नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुनेप्रति चिन्ता व्यक्त भइरहेको छ । सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी […]

संविधान सभाका पूर्व सदस्य डा. दुमन थापाको निधन

काठमाडौं । संविधान सभाका पूर्व(सदस्य एवं नेकपा( एकीकृत समाजवादी) का नेता डाक्टर दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उहाँको मण्डिखाटार स्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका थापा दोस्रो […]

भारतमा कोरोना संक्रमणको दर घट्दो,मृत्यु हुनेको संख्या बढ्दो

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या बढ्दो छ ।पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो । पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको […]

आज पनि सुनको मूल्य घट्यो ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको […]