एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं – बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसिसी तत्काल पारित गरिनुपर्नेमा जोड दिनु भएको हो । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊ […]

काठमाडौँ महानगरपालिकाले खरिद गर्‍यो बीस तलासम्म आगो निभाउने दमकल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता […]

युवा संघद्धारा स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेको छ । आफ्ना गतिविधीलाई तीब्र बनाएको युवा संघले देशभर सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको हो । युवा संघले आइतबार रौतहट, पाल्पा, झापा, सिन्धुली र मोरङमा स्थानीय तहको निर्वाचन मितिलगायत विभिन्न माग राख्दै विरोध प्रदर्शन […]

एनआरएनए अमेरिकाको हाइब्रिड बैठक : के-के भए निर्णय ?

टेक्सस – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा हाइब्रिड बैठक सम्पन्न भएको छ । बैठक संस्थाले विगतमा गरेका कामहरुको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भएको हो । वर्तमान कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको थियो। बैठकमा अध्यक्ष बुद्धि […]

आफ्नो मागलाई वेवास्था गरिए राप्रपा दुर्घटनामा पर्ने कमल थापाको चेतावनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफ्नो मागलाई वेवास्था गरिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिनु भएको छ । आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै यसले पार्टीलाई दुर्घटनामा लैजाने चेतावनी दिनु भएको हो । ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्‍याउने तथा […]

अनेरास्ववियुद्धारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वोच्चता र आवधिक निर्वाचन भएकोले तत्काल मिति घोषणा गरेर निष्पक्ष निर्वाचन गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नु भएको हो । विभिन्न बहानामा पाँच दलीय परमादेशी गठबन्धनको सरकारले स्थानीय […]

नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको […]